लक्रोईक्स चारदिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

744
views

काठमाडौँ । नेपाल भ्रमणमा रहेका युनाईटेड नेशन एच. क्यू. डिपिकेओका एच ई. अन्डर सेक्रेटरी जेनरल (युएसजी) जिन पिए¥ए लक्रोईक्स नेपालको तीन दिने भ्रमण सम्पन्न गरी स्वेदेश फिर्ता भएका छ ।लक्रोईक्सलाई निरीक्षणाधिकृत उपरथी अनुज बहादुर बस्न्यातले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा विदाई गरेका थिए ।

लक्रोईक्सले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलका महानिरीक्षकहरुसँग छुट्टा–छुट्टै भेटवार्ता गरेका थिए ।

उनले पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नुका साथै जंगी अड्डामा आयोजित टल्क प्रोग्राम मा सहभागी थिए ।

लक्रोईक्सले टल्क प्रोग्राममा विश्वमा शान्ति कायम राख्न आईपर्नसक्ने चुनौतिहरु र चुनौतिको लागि अवलम्वन गर्नुपर्ने कार्यहरु सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

लक्रोईक्स (चार) सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै यहि आषाढ १२ गते नेपालको औपचारिक भ्रमणमा आएका थिए ।