धान रोपाई गर्न कृषि मन्त्री तिलौराकोट

राजा शुद्धोधनले सुनको हलोले जोतेको खेतमा धान रोपाई

1525
views

काठमाडौं १५, असार । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले आज धान दिवसको अवसरमा कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेट अगाडि रहेको खेतमा धान रोपाई गरेका छन् ।

राजा शुद्धोधनले सुनको हलोले जोतेको खेतमा कृषि मन्त्रीले धान रोपाई गरेका हुन् । लुम्बिनि विकास कोषले आयोजना गरेको रोपाइ महोत्सवकोको उद्घाटन गर्दै मन्त्री खनालले हलो जोत्दै धान रोपे ।

उक्त कार्यक्रमका संयोजक तथा कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले यस महोत्सवलाई ‘धान रोपाइँ मंगलोत्सव कपिलवस्तु’ नाम दिइएको बताए ।

आज भन्दा २६ सय वर्ष अगाडि त्यहाँ राजा शुद्धोधनले सुनको हलोले जोतेर पहिलोपटक धान खेती सुरु गरेको किंवदन्ती छ ।