कोलम्बिया र जापान विश्वकप फुटबलको दोस्रो चरणमा

592
views

मस्को, १५, असार । कोलम्बिया र जापान विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेका छन् । गएराति भएको समूह ‘एच’को अन्तिम खेलमा सेनेगललाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको हो । समूहका दुई खेलबाट ३ अंक मात्रै जोडेको कोलम्बियाको लागि यो खेल जित्नैपर्ने दबाब थियो । तर सेनेगलले भने खेल बराबरी गरेमा पनि अन्तिम १६मा प्रवेश पाउने अवस्था थियो ।

प्रतिस्पर्धात्मक खेलको ७४ औं मिनेटमा यरी मिनाले गोल गर्दै कोलम्बियालाई विजयी गराए । जितसँगै कोलम्बियाले समूहमा ६ अंक बटुल्दै समूह विजेताको रुपमा अर्को चरणमा ठाउँ पक्का र्गयो । दोस्रो स्थानमा रहेको जापानसँग समान ४ अंक जोडे पनि सेनेगल समूह चरणबाटै बाहिरियो ।

विश्वकप फुटबलकै अर्को खेलमा पोल्याण्डले जापानलाई १–० ले हराएको छ । समूह ‘एच’को अन्तिम खेलमा हिजो यान बेद्नारेकले निर्णायक गोल गर्दै पोल्याण्डलाई जारी विश्वकपमा पहिलो जित दिलाए । जापानको भने समूह चरणमा यो पहिलो हार थियो ।

जितका बाबजुद पोल्याण्ड समूह चरणबाटै बाहिरिंदा जापान भने समूहको उपविजेताका रुपमा अर्को चरणमा प्रवेश गर्न सफल भयो ।

समूह चरणका खेल सकिंदा जापान र सेनेगलको समान ४र४ अंक थियो । दुबै टोलीको गोलअन्तर शून्य थियो भने ४र४ गोल गरेका थिए । समूह चरणमा यी दुई टोलीबीचको खेल २(२ गोलको बराबरीमा सकिएको थियो । यस्तोमा प्रतियोगिताको फेयर प्ले नियम अनुसार जापान अर्को चरणमा पुग्दा सेनेगल बाहिरिनु र्पयो ।

जापानले प्रतियोगिता अवधिभर ४ वटा पहेलो कार्ड खाएको थियो भने सेनेगलले ६ वटा पहेलो कार्ड खाएको थियो ।

जापानले अब नकआउट चरणमा समूह ‘जी’को विजेता बेल्जियमसँग खेल्नेछ । कोलम्बियाको भिडन्त भने इंग्ल्याण्डसँग हुनेछ ।