इपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक

590
views

काठमाडौँ, १५, असार । सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित गरिएको छ । गत जेठ २६ र २७ गते लिइएको भाषा परीक्षामा सात हजार ९९६ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यस वर्ष दक्षिण कोरियाले सात हजार १०० नेपाली कामदारको माग गरेकामा सोभन्दा बढी उत्तीर्ण भएको परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । भाषा परीक्षामा ७४ हजार ८६२ परीक्षार्थी सहभागी थिए ।