प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव

न्यायिक अराजकता सिर्जना गर्दै काँग्रेस, माओवादी केन्द्र

795
views

काठमाडौं, १७ बैशाख । स्वतन्त्र न्यायालयमाथि माओवादी केन्द्र र नेपाली काँग्रेस न्यायिक अराजकता सिर्जना गर्न उद्धत बनेको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का दुई सय ४९ सांसदले प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध हस्ताक्षर सहित व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।
नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति प्रकरणको मुद्दा फैसला गर्दा कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गरेको लगायत विभिन्न आरोप लगाउदै कांग्रेस र माओवादीका सांसदले आइतबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । दर्ता लगत्तै प्रधानन्यायाधीश कार्कीको निलम्बनको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको छ ।
नेपाली कांग्रेसका सांसद मीन विश्वकर्मा प्रस्तावमा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेक बस्नेत छन् । नेपाली कांग्रेस र माओवादीका दुई सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएको हो ।