विश्वकपमा आज दुई खेल- स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्ने

1067
views

काठमाडौं, १७, असार । विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुनेछन् । आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र रुसको खेल सुरु हुनेछ ।

समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको थियो ।

उता आयोजक रुस भने समुह ए को उपविजेता बन्दै नक आउट चरणमा उक्लिएको हो । रुसले समुह चरणमा साउदी अरेबिया र ईजिप्टलाई हराउँदा उरुग्वेसँग पराजित भएको थियो ।

आजै राति पौने १२ वजे निझ्नी नोभ्गोरोद रंगशालामा क्रोएसिया र डेनमार्क भिड्नेछन् । क्रोएसिया समुह डि को विजेता तथा डेनमार्क समुह सि को उपविजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेका हुन् ।

समुह चरणमा अर्जेन्टिनालाई ३(० ले हराएको क्रोएसियाले नाईजेरिया र आईसल्याण्डलाई पनि पराजित गरेको थियो ।

उता डेनमार्कले भने पेरुलाई १(० ले हराउँदा अष्ट्रेलिया र फ्रान्ससँग बराबरी खेलेको थियो ।क्रोएसिया र डेनमार्क दुबै टोली विश्वकपको पहिलो उपाधिको खोजीमा छन् ।