एकै घरमा ११ जनाको शव, हत्या कि आत्महत्या ?

914
views

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित बुराडी इलाकामा एकै घरमा ११ जनाको शव भेटिएको छ । आइतबार बिहान १० जनाको झुण्डिएको अवस्थामा र एक जनाको भुईँमा लडेको अवस्थामा शव भेटिएको हो । सबै मृतक एकै परिवारका सदस्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतक मध्ये सात जना महिला र ४ जना पुरुष रहेका छन् । उनीहरु सबैको आँखामा पट्टि बाँधिएको थियो । ललिता भाटियाको परिवार बुराडी इलाकाको सन्त नगरमा किराना पसल र दूध डेरी सञ्चालन गर्दै आएका थिए ।

आइतबार बिहान साढे सात बजेसम्म पसल नखुलेपछि छिमेकीले घरमा हेर्न जाँदा सबैलाई मृत अवस्थामा देखेका थिए । छिमेकीले नै सो घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए ।

घटना बारे प्रहरीले छानविन सुरु गरेको छ । घटनास्थलमा सुसाईड नोट भेटिएको छैन । घरको भुँइतला र पहिलो तलाको ढोका खुला रहेको र झुण्डिएको सबै शवले जमिन छोएको कारण प्रहरीले यस घटनालाई आत्महत्या हुन नसक्ने आशंका गरेको छ । मृतक सबैको शव पोष्टमार्टमका लागि अस्पतालमा लगिएको छ ।