बर्षाका कारण नवलपरासीमा ९५ घर परिवार विस्थापित

1034
views

१८ असार नवलपुर गएराती देखि परेको बर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिका का ७० घर परिवार विस्थापित भएका छन् ।

बर्दघाट नगरपालिकाको वडा नम्बर ३ लगुनाहाको विसई टोलमा बाढी को कारणले घरमा भएका अन्नपात, खाद्यन्न, लत्ताकपडा, हास, कुखुरा समेत बगाएको बडा नं. ३ का बडा अध्यक्ष रुद्र प्रसाद न्यौपानेले जानकारी दिनु भएको छ ।
डुवानमा परेकाहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलि र ससस्त्र बल वेसक्याम्प सेमरीको टोलिले उद्धार गरि सोहि ठाउमा उच्च स्थानमा रहेको महिला भवनमा राखिएको छ । बाढिको कारण केकत्ति क्षति भयो भन्ने यकिन तथ्याङ्क आई नसकेकोे ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । त्यसौ गरि बडा नं. ६ मा विधुतटोल,शिवालय टोल, र बेताहानी गाउ डुवानमा परेको छ । जसमा २५ घरपरिवार विस्थापित भएको बडा नं. ६ का बडा अध्यक्ष रोहित थारुले जानकारी दिनुभयो । त्यसौ गरि बडा नं. ४, १०, र १३ मा समेत डुवान परेको छ ।
बर्षाको कारणले सरावल गाउपालिका को भुजहवा, रामपूर खडौना, मझौलिया, र बडसारी साईड मा बाढि पसोको छ । गाउपािलकाको बडा नं. ४,५,६ र ७ मा बाढिले समस्या निम्त्याएको हो भने सबै भन्दा बढि बडा नं. ७ भुजहवामा बढि जोखिम अबस्थामा रहेको गाउपालिका उपाध्यक्ष उत्तमा रायले जानकारी दिनु भयो । भारतिय नहर ड्यामको कारणले निकास नपाएको खजुरी खोला र भलुहि खोला गाउमा पस्दा ताल बनेको छ । जसको कारण मानविय क्षति नहुने भएता पनि खोतबारीमा र घरमा छति पुर्याउने उपाध्यक्ष रायले बताउनु भयो । अहिले गाउपालिका स्तरमा बनेको विपत् ब्यबस्थापन समितिले सुरक्षित स्थानको यकिन र खाली गराउने काम भैरहेको छ ।
त्यस्तै प्रतापुर गाउपालिकामा बर्षको कारणले अहिले सम्म खोला हरुका पानिको बहाब बढेता पनि कुनै समस्या ननित्याएको गाउपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिनु भयो । साथै बर्षा लगातार भएमा खोला गाउमानै पस्ने सम्भावना अत्याधिक रहेको जानकारी गराउनु भएको छ । भने सुस्ता गाउपालिकामा बडा नं. १ बरुवाबजार र आसपासको क्षेत्रमा बढि पसेको र क्षतिको विबरण आउन बाकि रहेको गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनु भयो ।