बारामा चोरी पैठारी गरी ल्याइएका मालसमान भन्सार चलान

627
views

नवदृष्टि संवाददाता
वीरगञ्ज, १७, बैशाख । विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला सिम्रौनगढ नगरपालिका–९ कचोर्वाबाट झण्डै ६ लाख मुल्य बराबरको वेवारिसे सामान बरामद गरेको छ । भारतबाट भन्सार छल्दै चोरी पैठारी गरी नेपाल भित्राएको लत्ता कपडा, चिनी लगायतका बेवारिसे अवस्था सामान बरामद गरी कार्यालयमा दाखिला गरेको जिल्ला प्रहर िकार्यालय बाराले जनाएको छ । बरामद हुन आएको मालसमानहरु आवश्यक कार्वाहीको लागी मुल भन्सार कार्यालय बिरगंज पर्सामा बुझाईएको प्रहरी नयाव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।