विश्वकप फुटबलमा प्रि–क्वाटरफाईनलका खेल सकिंदै, यस्तो छ आजको भिडन्त

718
views

काठमाडौं, १९, असार । विश्वकप फुटबलमा प्रि–क्वाटरफाईनल अर्थात राउण्ड अफ सिक्सटिनका खेल आज (मंगलबार) सकिंदैछन् । आज प्रि क्वाटरफाइनलका अन्तिम दुई खेल भएपछि रुसमा जारी विश्वकपको क्वाटरफाईनल समीकरण पूरा हुनेछ ।

आज वेलुकी पौने ८ बजे सेन्ट पिटर्सवर्गमा स्विडेन र स्विट्जरल्याण्ड भिड्नेछन् । विश्वकपको समुह एफ्मा रहेको स्विडेन समुह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

पहिलो खेलमा दक्षिण कोरियालाई हराएको स्विडेन दोस्रो खेलमा जर्मनीसँग पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेलमा मेक्सिकोलाई हराउँदै स्विडेन समुहका तीन खेलबाट ६ अंक जोड्दै नक आउट चरणमा उक्लिएको हो ।

उता समुह ई मा रहेको स्विट्जरल्याण्ड समुह उपपिवजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको स्विट्जरल्याण्डले दोस्रो खेलमा सर्वियालाई हरायो ।

तेस्रो तथा अन्तिम खेलमा कोष्टा रिकासँग बराबरी खेल्दै स्विट्जरल्याण्ड राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

आजै राति पौने १२ बजे इङ्ल्यान्ड र कोलम्बिया भिड्नेछन् । यो खेल रुसी राजधानी मस्कोस्थित स्पार्टाक एरिनामा हुनेछ । समूह जी मा रहेको इङ्ल्यान्ड उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

पहिलो खेलमा ट्युनिसियालाई हराएको इङ्ल्यान्डले दोस्रो खेलमा पानामालाई पराजित गरेको थियो ।तेस्रो तथा अन्तिम खेलमा बेल्जियमसँग १९० ले पराजित भएपछि ६ अंकसहित समूह उपविजेताको रुपमा इङ्ल्यान्ड राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

उता, लेटिन अमेरिकी मुलुक कोलम्बिया समुह एच को विजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।समुहको पहिलो खेलमा जापानसँग हारेको कोलम्बियाले यसपछि पोल्याण्ड र सेनेगललाई हराउँदै राउण्ड अफ सिक्सटिनमा ठाउँ पक्का गरेको हो ।