मृत घोषित महिलाको पून उपचार

1490
views

एजेन्सी । अस्पतालको मुर्दाघारको फ्रिजबाट ब्युँतिएकी एकजना दक्षिण अफ्रिकी महिलाको अहिले अस्पतालमा उपचार भइरहेको स्वास्थ अधिकारीहरुले सोमवार बताएका छन् । एउटा सडक दुर्घटनाम परेकी ति महिलालाई मृत घोषित गर्दै गाउटेंग प्रान्तको कोर्लेटोन्भल्ले मुर्दाघरमा लगिएको थियो ।

फ्रिजमा राखिएका शवहरु परिक्षण गर्ने क्रममा मुर्दाघरका एकजना कामदारले उनलाई श्वास फेरिरहेको अवस्थामा फेला पारेका थिए । ति महिलाको परिचय खुलाइएको छैन । यस घटना सम्बन्धमा अनुसन्धान शुरु भइसकेको छ । तर डिस्ट्रेस अलर्ट अपरेसनका म्यानेजर गेर्रिट ब्राडनिकले आफ्नो कम्पनीको तर्फबाट लापरवाही भएक ेकुनै प्रमाण नरहेका ेबताएक छन् ।

ब्राडनिकले टाइम्स सेलेक्टलाई भनेका छन् , ‘ २४ जुनमा भएको सवारी दुर्घटनामा उनी लगायत अन्य थुपै्र व्यक्ति परेका थिए । सा ेदुर्घटनामा अन्य दुईजनाका ेमृतयु भएके थियो । मृत घोषित भइसकेकपछि पुन जिवित भएके या ेपहिलो घटना भने होइन ।

गत जनवरीमा स्पेनका ेअष्टुरियास क्षेत्रको एउटा शवको अटोप्सी गरिनु केहि समय अघि पुन ज्यान फर्केके थियो । तिनजना डाक्टरले ति व्यक्तिलाई राम्ररी स्वास्थ परिक्षण गरी मृत घोषित गरेका थिए । दक्षिण अफ्रिकामा पनि यो पहिलो घटना होइन ।

सातवर्ष अघि इस्टर्न केपको एउटा मुर्दाघरमा एकजना पचास वर्षिय पुरुष अचानक चिच्याएर ब्युँतेका थिए । यसैगरी सन् २०१६ मा सडक दुर्घटनामा मृत घोषित गरिएका क्वाजुलु नाटाल निवासी एकजना व्यक्तिले भोलिपल्ट श्वास फेर्न थालेका थिए । तर जिवित भएको पाँच घन्टापछि उनको पुन मृत्यु भएको थियो ।