दुई लाख ७० हजार सिरियाली विस्थापित

837
views

एजेन्सी, दमास्कस । विद्रोही नियन्त्रित सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा सरकारले दुई साताअघि सुरु गरेको हमलाका कारण कम्तीमा दुई लाख ७० हजार मानिसले आफ्नो घरबार छोडेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सिरियाको डेर्रा र कुइनित्रा प्रान्तमा जारी सरकार र विद्रोहीबीचको लडाइँका कारण विस्थापितहरु जोर्डनसँगको सीमा क्षेत्र र इजरायलले कब्जा गरेको गोलान हाइटतर्फ गएको राष्ट्रसंघलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

यद्यपी जोर्डन र इजरायल दुवैले त्यसरी विस्थापित सिरियाली शरणार्थीलाई आफ्नो देशमा प्रवेग गर्न दिनेबार केही बताएका छैनन् जसका कारण मानवीय संकट उत्पन्न हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा सिरियाली फौजले रुसी हवाइ हमलाको माध्यमले थप अग्रसर भइरहेको बिबिसीले जनाएको छ ।