प्रधानसेनापति चीन र म्यानमारको औपचारिक भ्रमणमा

1012
views

काठमाडौँ । नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री मित्रराष्ट्रहरु जनवादी गणतन्त्र चीन तथा म्यानमारको औपचारिक भ्रमणमा प्रस्थान गर्नुभएको छ ।

क्षेत्रीले म्यानमारको चारदिने भ्रमण पुरा गरी यहि असार २४ गते मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमण गर्नुहुनेछ । प्रधानसेनापति महारथी क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले विदाई गर्नु भएको थियो ।

भ्रमणको क्रममा प्रधानसेनापति क्षत्री म्यानमारका महामहिम राष्ट्रपति आङसाङसुकी, र सेनाध्यक्ष जेनरल मिन अङ् हलिङ्ग र प्रवासी नेपालीहरुसँग भेट्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति क्षेत्री चीनमा रहँदा चिनिया रक्षामन्त्री, सेनाध्यक्ष लगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि सेनाले जनाएको छ ।

भ्रमण अवधिभर प्रधानसेनापति महारथी क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । प्रधानसेनापति क्षत्री यहि असार २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।