स्विडेन विश्वकप फुटबलको क्वाटरफाईनलमा

633
views

काठमाडौं, २०, असार । गएराती भएको विश्वकप फुटबलमा स्विट्जरल्याण्डलाई हराउँदै स्विडेन क्वाटरफाईनलमा प्रवेश गरेको छ । सेन्ट पिटर्सवर्ग रंगशालामा भएको प्रि क्वाटरफाईनल खेलमा स्विडेन १–० ले विजयी भयो । खेलको पहिलो हाफ बराबरीमा रहेपनि दोस्रो हाफको ६६ औं मिनेटमा स्विडेनले अग्रता लियो ।

स्विडेनका एमिल फोस्वर्गको प्रहार स्विट्जरल्याण्डका म्यानुएल अकान्जीको खुट्टामा ठोक्किएर गोलमा परिणत भएपछि स्विडेनले अग्रता लिएको हो ।

यसपछि खेलमा अधिकतम समय नियन्त्रण कायम गरेपनि स्विस टोलीले गोल फर्काउन नसक्दा उ राउण्ड अफ सिम्सटिनबाटै घर फर्किन बाध्य भयो ।

स्विडेन सन् १९९४ पछि पहिलो पटक विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

स्विडेनले अब क्वाटरफाईनलमा इङ्गल्याण्डसँग खेल्नेछ । यो खेल आगामी शनिवार बेलुकी पौने ८ वजे सामरा एरिनामा हुनेछ ।