नेकपा सचिवालयको बैठक बालुवाटारमा बस्दै

944
views

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको तेस्रो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

पार्टी महासचिव विष्णु पौडेलका अनुसार पार्टी स्थायी समितिको बिहीबार बस्ने बैठकको तयारीका लागि मंगलबार नौ बजे सचिवालय बैठक बस्न लागेको हो ।

बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ । नौ सदस्यीय नेकपा सचिवालयको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।