विश्वकपको क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुने

710
views

काठमाडौं, २०, असार । रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । गएराती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल समीकरण तय भएको हो ।

क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुनेछन् । शुक्रवार नेपाली समयअनुसार बेलुकी पौने ८ वजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ् । सोही दिन राती पौने १२ वजे ब्राजिल र बेल्जियमको खेल हुनेछ । यी दुई खेलको विजेता टोली सेमिफाईनलमा भिड्नेछन् ।

यसैगरी शनिवार वेलुकी पौने ८ वजे स्विडेन र इङ्गल्याण्ड भिड्दा राती पौने १२ वजे रुस र क्रोएसियाको खेल हुनेछ् । यी दुई खेलको विजेता टोली सेमीफाईनलमा आमने सामने हुनेछन् ।

खेल तालिका हेर्दा उरुग्वे, फ्रान्स, ब्राजिल र बेल्जियममध्ये एउटा टोली फाईनलमा पुग्नेछ भने इंग्लण्ड, स्विडेन, रुस र क्रोएसियामध्ये एक टोली फाईनलमा पुग्नेछ ।