ओबामा प्रशासनले लिएको नीति फिर्ता लिने तयारी

708
views

एजेन्सी । अमेरिकामा ट्रम्प प्रशासनले विश्व विद्यालयमा विविधता बढाउन बराक ओबामाका समयमा लिइएको नीति फिर्ता लिने तयारी गरेको छ । सकारात्मक विभेदका रुपमा एशियन–अफ्रिकनप्रति ओबामा प्रशासनले लिएको नीति फिर्ता गर्न लागिएको हो ।

अमेरिकी महान्यायाधिवक्ता जेफ सेसनले २४ बुँदे दस्तावेजलाई रद्द गरेसँगै ओबामा प्शासनले लिएको नीति खारेज हुने भएको हो । हार्वड युनभर्सिटीलाई एशियन–अफ्रिकन भर्नाका लागि सीमित गरिएको भन्ने आरोप लागेको थियो ।

सन् २०१६ मा सर्वोच्च अदालतले नै सकारात्मक विभेदका लागि आदेश नै दिएको थियो । तर त्यस्तो आदेश दिने न्यायाधीश एन्थनी केनेडीको पनि अवकाश भएको छ ।

अब न्यायाधीश नियुक्त गर्दा आफ्नो विचारसँग सहमत हुनेलाई नियुक्त गर्न पाउने अवसर पनि राष्ट्रपति डोनल्ड ट्रम्पलाई मिलेको छ ।

पूर्व राष्ट्रपति ओबामा प्रशासनले ल्याएको नीति लागु गर्न नपर्ने गरी कलेजहरुलाई ट्रम्प प्रशासनले छुट दिने भएको हो । (एजेन्सी)