यसकारण रोकियो पर्वत तिलाहारकी क्यान्सर पीडित रामामायाको अप्रेसन !

2317
views

पर्वत, २० असार । पर्वतको मोदी गाउँपालिका वडा नं ६ साविकको तिलाहार निवासी ४० वर्षीया राममायाको आर्थिक अभावका कारण पटक–पटक अप्रेसन रोकिएको छ । ‘डाक्टरले ५ देखि ७ लाख रुपैयाँको जोहो गर भन्छन्, म कहाँबाट ल्याउ’ ? उनका श्रीमान क्षेत्र बहादुर रेग्मी ‘किसान’ ले पीडा पोखे, ‘आर्थिक अभावका कारण मेरी श्रीमतीको अप्रेसन नै रोकिने भयो लौन सहयोग गरिदिनुस् ।’

पाठेघरको क्यान्सरबाट पीडित उनकी ४० वर्षीया श्रीमती राममाया रेग्मीको अप्रेसनका लागि वीपी कोइराला मेमोरियल अस्पताल भरतपुर चितवनमा लैजाँदै फेरि पैसाको अभावकै कारण पर्वत फर्काउदै गरेको रेग्मीले बताए । ‘अप्रेसन त सरकारले गरिदेला भनेर सामान्य खर्च जुटाएर गएको थिए, ५–७ लाख रुपैयाँको जोहो गर्नुस् भनेपछि फर्किएर आएको हुँ,’ उनले भने, ‘बलियो छउन्जेल सामाजिक र राजनैतिक आन्दोलनमा सक्रिय भएँ, पैसाको जोहो गर्नुपर्छ भन्नेतिर खासै लागिएन । अहिले पीडा भोगेको छु ।’

दुईवर्ष अगाडि मात्र जेठो छोराको मिर्गौलाको समस्याले थला परेका रेग्मीलाई श्रीमतीको पाठेघघरमा भएको क्यान्सरको अप्रेसन नगरी नहुनेछ तर, यो मर्का कस्ले बुझ्ने र? ‘डिमुवाका साथीहरुको पनि चासो त बढेको छ । तर, पहल कस्ले गर्ने ?  जनताको अपेक्षा अनुसार परिवर्तन नभएपछि परिवर्तनकै लागि लडेका र यातना तथा जेल भोगेका क्षेत्रबहादुर रेग्मी ‘किसान’ केही समयदेखि सामाजिक काममा आवद्ध छन् । २ छोरा र २ छोरीको जिम्मेवारी त छदैंछ, त्यसबाहेक श्रीमती राममायाको उपचारका लागि आर्थिक व्यवस्थापन गर्न नसक्दाको पीडाले उनलाई असहज भएको छ ।

अप्रेसन त गर्नैपर्यो, के सोच बनाउनु भएको छ त ?

‘म आफैंले ऋण सापटीको प्रयत्न पनि गरेको छु, तर खासै जोरजाम गर्न नसकेकोले दयालु मनहरुसँग अनुरोध गर्ने कठोर निर्णयमा पुगेको छु ।’ यसैबीच उनको उपचारका लागि मोदी गाउँपालिका वडा नं ६ ले पारिवारीक र आर्थिक स्थिति कमजोर भएकाले आवस्यक सहयोगका लागि यो जो सँग सम्बन्ध छ भनि शिफारीस सहित अनुरोध गरिएको छ भने विरामीको अवस्था र आवश्यकताका कारण सोलिडारीटी ट्रष्ट नेपालले पनि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेको छ ।

सहयोग गर्न इच्छुक महानुभावले विरामीका श्रीमान क्षेत्रबहादुर रेग्मीको नाममा रहेको खाता नं 01201900714096000001 गरिमा विकास बैंक, तिलाहार पर्वत मा जम्मा गरी वा निजको टेलिफोन नं ९८४७६३४५३१ मा सम्पर्क गरी पठाउन वा सोलिडारिटी ट्रष्टकी अध्यक्ष चन्द्रिका राना (चन्दा) थापाको टेलिफोन नं ९८४१४८०८०० तथा ९७५१०६०५५७ मा सम्पर्क गरी सहयोग पठाउन सकिने जनाइएको छ ।