नेपालद्वारा ४ सय भारतीय तीर्थयात्रीको उद्धार

सिमिकोटमा ७ सय र हिल्सामा ६ सय यात्रु अलपत्र

944
views

काठमाडौँ । कैलाश मानसरोवर (तिब्बत) को धार्मिक यात्रामा गएका ४ सय १० जना भारतीय र नेपाली तीर्थयात्रीहरुको नेपाल सरकारले उद्धार गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्नो ट्वीटरमार्फत तीर्थयात्रीहरुलाई सिमिकोट र हिल्साबाट उद्धार गरिएको जानकारी दिएका छन् । १ सय ६० जनालाई सिमिकोटबाट उद्धार गरेर नेपालगञ्ज ल्याइएको छ भने २ सय ५० जनालाई हिल्साबाट ।

मन्त्री अधिकारीका अनुसार, अझै ७ सय सिमिकोटमा र ६ सय हिल्सामा तीर्थयात्री अलपत्र अवस्थामा छन् । ती तीर्थयात्रीलाई आज सम्ममा उद्धार गर्ने मन्त्री अधिकारीले बताएका छन् । मानसरोबर दर्शनका लागि गएकामध्ये सोमबारसम्म ८ भारतीय तीर्थयात्रीको मृत्यु भइसकेको छ।