हाम्रो दृष्टि राम्रो दृस्टिको बाताबरण संरक्षण अभियान स्कुल स्कुलमा

2101
views

अजय पौडेल, चितवन २४ असार । “सामाजिक रूपान्तरण मा युवा अभियान” भन्ने नारा बोक्दै समाज परिवर्तन मा उभिएको संस्था “हाम्रो दृष्टि राम्रो दृष्टि” ले “वातावरण संरक्षण तथा प्लास्टिक मुक्त अभियानका लागि बिद्यालयस्तरिय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम ” सम्पन्न गरेको छ |

भरतपुर महानगरपालिका भित्र रहेका १४ वटा सामुदायिक विधालयहरूमा सञ्चालन गरिएको उक्त कार्यक्रममा वातावरणमा प्लास्टिकले निम्त्याएका समस्याहरु र त्यसका समाधानका उपायहरुका बारेमा जनचेतना मुलक बिशेष कक्षाहरु संचालन गरिएको थियो | कार्यक्रमलाइ सहजीकरण गर्नका लागि बेटर चितवनका सजिता पौडेल,सिनर्जी यफ यम का अन्जना थपलीया,अभियन्ता सिरिस थापा,अभियन्ता सुरज रेग्मी र महानगर बाल संजाल भरतपुरका प्रतिनिधि सुबिन पौडेलले सहजकर्ताको भूमिका निर्बाह गर्नुभएको थियो | हाम्रो दैनिक जीवनको एक अभिन्न पाटो जस्तै बनिसकेको प्लास्टिकलाई सकेसम्म प्रयोग नै नगरी वा यसको प्रयोग न्युन गराई एक सफा, सभ्य, स्वस्थ समाजको निर्माण गर्न र फ्याकेको फोहोर टिपेर अनावस्यक प्रचारबाजी गर्नुभन्दा फोहोर फ्याक्नेलाइ यसवाट मानव स्वास्थ्यमा पर्ने असर वारे सचेत बनाउ भन्ने विषयमा सहजकर्ताहरूले जोड दिनुभएको थियो | कार्यक्रम यसै संस्थाका बालअधिकार तथा बाताबरण क्षेत्रका कार्यक्रम संयोजक रोहन बगालेको संयोजकत्वोमा ०७५\३\१० बाट मिति २०७५\३\२२ गते सम्म सञ्चालन गरिएको जानकारी संस्था का अध्यक्ष बसन्त गैरेले दिनुभयो |