नारायणगढ-मुग्लिन अवरूद्ध सडक खुल्यो

1290
views

चितवन, असार २६,  धेरै ठाउँमा पहिराे जाँदा बिहानैबाट अवरूद्ध नारायणगढ मुग्लिन सडक अहिले ११ बजेबाट दुई तर्फी रूपमा नै खुलेकाे छ ।

नारायणगढ मुग्लिन सडकमा बेला–बेलामा पहिरो जाने र सडक अवरूद् हुने हुदा यात्रुहरूलाइ सास्ति भएको र समयमा गन्तव्य स्थानमा पुग्न नसकेको यात्रुहरूको गुनासो छ ।
नारायणगढ मुग्लिन सडक अायाेजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गाइघाट, घुमाउने र टाेपे खाेलाकाे पहिराेले बिहान दुई बजेदेखि नै बाटाे अवरूद्ध थियाे । बिहान केही बेरलाई एक तर्फी चले पनि ११ बजेबाट दुई तर्फी रूपमा नै बाटे खुलेकाे हाे ।