बोलेरो जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु, ८ गम्भिर घाइते

774
views

सिन्धुपाल्चोक, २९ असार । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीपमा परी दुई महिलासहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा नौजना घाइते भएका थिए । घाइतेहरुलाई राजधानीको टिचिङ अस्पताल ल्याइएको छ ।पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको उक्त बोलेरो जीपमा १५ जना सवार रहेको बताइएको छ ।