लियोका डिष्ट्रिक पदाधिकारीलाई नारायणगढ लियोको स्वागत

1199
views

अजय पौडेल चितवन, असार– ३१ नारायणगढ लियो क्लवले लियो जिल्ला परिषद् ३२५ बी टु का अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

शनिबार स्वर्गीय लायन जितबहादुर पिया भोकेशनल ट्रेनिङ सेन्टर लायन्स भवनमा आयोजित एक कार्यक्रममा वर्ष २०१८÷१९ का अध्यक्ष ताराप्रसाद गुरागाई, उपाध्यक्ष सरोज कँडेललगायतलाई स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै लियो जिल्ला परिषद् ३२५ बी टु का अध्यक्ष गुरागाईले ३१ वर्षको इतिहास बोकेको क्लवले आफ्नो गतिविधिलाई अझै शसक्त रुपमा अघि बढाउन सुझाव दिनुभयो । उहाँले नयाँ–नयाँ रचनात्मक कार्यक्रमहरु गर्न आग्रह गर्दै नारायणगढ लियोको हरेक काममा डिष्ट्रिकले साथ दिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले नारायणगढ लियोले बोलाएको कार्यक्रमा आफू उपस्थित हुन तयार रहेको भन्दै तालिमको आवश्यकताको अभाव हुन नदिने बताउनुभयो । लियो सदस्यहरुलाई आवश्यक तालिम दिन डिष्ट्रिक तयार रहेको बताउँदै रचनात्मक कार्यहरु गर्न सुझाव दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै लियो पास्ट मल्टिपल डिष्ट्रिक प्रेसिडेन्ट राजेन्द्र श्रेष्ठले चितवनकै पहिलो लियो क्लव नाराणगढले गरेका कार्यहरुको प्रशंसा गर्दै आगामि दिनमा अझै राम्रो काम गर्न हौसला प्रदान गर्नुभयो । अरु क्लवहरुलाई सिकाउने बेलामा नारायणगढ क्लव आईपुगेको भन्दै रचनात्मक कार्यहरु गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम पश्चात डिष्ट्रिक पदाधिकारीहरुले नारायणगढ लियोको कार्यालयको अवलोकन समेत गरेका थिए ।
लियो क्लव अफ नाराणगढका प्रथम उपाध्यक्ष कृष्णचन्द्र पौडेलले स्वागत मन्तव्य तथा क्लवकी सचिव मञ्जु जोशीले संचालन गरेको कार्यक्रममा क्लवका पूर्व अध्यक्ष सवल पिया, रविन अधिकारी, पूर्व अध्यक्ष तथा लियो जिल्ला परिषद् ३२५ बी टु का मिडिया तथा आईटी चिफ राजु चौधरी, इन्टरनेशनल रिलेशन चिफ सुवास पराजुलीलगायतको सभागिता रहेको थियो । कार्यक्रम क्लवकी अध्यक्ष निता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नारायणगढ लियो क्लव चितवनकै पहिलो लियो क्लव हो । यस क्लव सन् १९८८ मा स्थापना भएको थियो ।