विश्वविजेता फ्रान्सले ४ अर्ब १५ करोड जित्यो

763
views

काठमाडौँ, असार– ३२ जनप्रिय बनेको विश्वकप फुटबल प्रतियोगिता मा क्रोएसियालाई ४–२ गोल अन्तरले हराएपछि फ्रान्स आइतबार विश्वकप फुटबल प्रतियोगिताको विजेता बनेको छ । लुज्निकी रङ्गशालामा भएको खेलमा फ्रान्सको जितसँगै विश्वकपको २१ औँ संस्करण पनि समाप्त भएको छ ।

फ्रान्सले उपाधि जितेपछि सुनको ट्रफीसँगै तीन करोड ८० लाख डलर (करिब चार अर्ब दश करोड रुपियाँ) पुरस्कार पायो भने उपविजेताले दुई करोड ८० लाख अमेरिकी डरल रकम पाएको छ । क्रोएसियाको अनपेक्षित यात्रामा पूर्णविराम लगाएर फ्रान्स दोस्रो पटक विश्व विजेता बनेको हो । यसअघि, सन् १९९८ मा ब्राजिललाई हराएर फ्रान्सले ट्रफी उचालेको थियो ।
खेलको १८ औँ मिनेटमा फ्रान्सेली खेलाडि ग्रिज्मयानको फि किकमा मारियो मान्जुकिचले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो । एन्टोनियो ग्रिज्मयानको फ्रिकिकलाई जोगाउने क्रममा मान्जुकिचले आप्mनै गोलपोस्टमा बल छिराएका हुन् ।
विश्वकप फाइनलमा यो पहिलो आत्मघाती गोल हो । यसैगरी, यस प्रतियोगिताको यो १२ औँ आत्मघाती गोल हो । पहिलो गोल वेहोरेको दस मिनेटपछि नै क्रोएसियाले बराबरी गोल गरेको थियो । डोमागोज भिडाको फ्रिकिक प्रहारमा इभान पेरिसिचले डिबक्स नजिकबाट शानदार गोल गरेका थिए । पेरिसिचको विश्वकपमा यो तेस्रो गोल थियो ।
फ्रान्सले पूर्वाद्धमै अर्को गोल थपेपछि पुनः अग्रता बनायो । खेलको ३८ औँ मिनेटमा ग्रिज्मयानले पेनाल्टीमा गरेको गोलबाट मध्यान्तरमा जानुअघि फ्रान्स २–१ ले अग्रता बनाएको थियो । भिडियो समीक्षा प्रणाली (भार)को सहयोगमा फ्रान्सले पेनाल्टी पाएको हो । कर्नरबाट आएको बल इभान पेरिसिचको हातमा लागेको थियो । त्यसपछि फ्रान्सेली खेलाडीले अपिल गरेपछि रेफ्री नेस्टर पिटानाले भारको सहयोग मागेका थिए । भिडियो फुटेजपछि रेफ्री पिटानाले पेनाल्टीको संकेत गरे । ग्रिज्मयानको यो विश्वकपमा चौथो गोल हो ।
खेलको ५९ औँ मिनेटमा फ्रान्सका मिडफिल्डर पल पोग्बाले पनि गोलकर्ताको सुचीमा आप्mनो नाम लेखाए । एमबापे र ग्रिज्मयानको तालमेलमा डिबक्सबाहिर बल पाएका पोग्बाले घुमाउरो प्रहारदारा बल गोलपोस्टमा छिराएका हुन् । विश्वकपमा पोग्बाको यो पहिलो गोल थियो ।
त्यसपछि खेलको ६५ औँ मिनेटमा १९ वर्षीय एमबापेले गोल गरी खेललाई क्रोसियाको पहुँचभन्दा धेरै टाढा पु¥याइदिए । सन् १९५८ मा पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने एमबापे पहिलो युवा खेलाडी बनेका छन् ।
चार मिनटपछि क्रोसियाका मारियो मान्जुकिचले एक गोल फर्काएर खेललाइए ४–२ मा पु¥याएका थिए । मानजुकिचले फ्रान्सका गोलरक्षक ह्युगो लोरिसको गल्तीमा बल गोलपोस्टमा छिराएका थिए । क्रोएसिया फाइनलमा पुगेर विश्वकपको उपाधि भिडन्त गर्ने १३ औँ राष्ट्र बनेको छ । क्रोएसियाले खेल जितेको भए विश्वले नयाँ च्याम्पियन पाउने थियो तर फ्रान्सको बाधा हटाउन नसकेपछि विश्वकप विजेताको सूचीमा क्रोएसिया सामेल हुन सकेन । अहिलेसम्म विश्वकपको फाइनल आठ राष्ट्रले मात्र जितेका छ ।
यसैवीच फ्रान्सका प्रशिक्षक डिडियर डेस्चाँ खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप ट्रफी चुम्ने तेस्रो व्यक्ति बनेका छन् । सन् १९९८ मा उनकै नेतृत्वमा फ्रान्स फाइनलमा ब्राजिललाई हराएर विश्वकप च्याम्पियन बनेको थियो । यस्तो गौरव जर्मनीका फ्रान्ज बेकेनबर र ब्राजिलका मारिया जगालोको नाममा पनि छ ।
यसैबीच, खेल मैदानमा चार व्यक्ति छिरेपछि खेल एक मिनेट अवरुद्ध भएको थियो । सुरक्षाकर्मीे चारैजनालाई तुरुन्तै नियन्त्रणमा लिएका थिए । यसको जिम्मा पछि हुलदङ्गा गर्ने जिम्मा पुसि रियोटले लिएको छ ।