पहिरोमा परि एकको मृत्यु, ३ जना गम्भिर घाइते

933
views

पर्वत साउन–०२ अविरल वर्षासंगै आएको पहिरोमा परि पर्वतको जलजला ८ लस्ती बेर्नेटाका स्थानीय बम बहादुर परियारको घर बगाउँदा निजको छोरा १६ वर्षीय बिकास परियारको ज्यान गएको छ ।

पहिरोमा परि ३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरु जलजला ७ का नारायणी आचार्य, भिमलाल आचार्य र तुलसीदेबि आचार्य रहेका छन् । पहिरोका कारण ६ घरमा पुर्ण क्षती भएको छ भने दर्जन भन्दा बढी घर जोखिममा रहेका छन् । घर पहिरोमा परेपछि स्थानीयहरु लस्ती बजारमा अलपत्र परेका छन् ।
वर्षासँगै लस्ती खोलामा बाढी आएपछि खोलाले कटान गर्दा जलजला ७ धाइरिङ र वडा नम्बर ८ नाग्लिवाङका १२ घर जोखिममा रहेका छन् । पहिरो पीडितको उद्दारका लागि स्थानिय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।
वर्षाका कारण मालढुंगा – बेनि सडकका अधिकांश स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको छ । सडक संचालनका लागि सडक बिभागले काम गरिरहेको छ ।