मदरसा संघले कतारी राजदूतलाई पत्र

715
views

कपिलवस्तु, १८ बैशाख । –नेपालका लागि कतारी राजदूत युसुफ मोहम्मद अलहीललाई राष्ट्रिय मदरसा संघ नेपालले ज्ञापन पत्र बुझाएको छ । कतारमा कार्यरत लाखौं नेपाली कामदारहरुको सेवा सुविधामा सहुलियत दिन माग गर्दै विश्व मजदूर दिवसका अवसरमा मदरसा संघले ज्ञापन पत्र बुझाएको हो । संघका केन्द्रीय अध्यक्ष डा. अब्दुलगनी अलकूफी र महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ राजदूताबास काठमाडौं पुगेर अलहीललाई बुझाएको ज्ञापनपत्रमा कतार राज्यको श्रम ऐन २०१६ र कतार राज्यको आप्रवासी कामदारको निर्दे्शिका बमोजिम कतारमा कार्यरत हरेक नेपालीलाई शान्तिसुरक्षाको प्रत्याभूति र श्रमको उचित मूल्य निर्धारण गर्न माग गरिएको छ ।