डा. केसीलाई काठमाडौं ल्याउने तयारी

656
views

काठमाडौं साउन–३ जुम्लामा २० दिनदेखि आमरण अनसन बसिरहेका डा. गोविन्द केसीलाई सरकारले अन्तत: बल प्रयोग गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जुम्लास्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गराइएको हेलिकप्टर भएको स्थानमा लगेको छ ।

सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच डा. केसीलाई अस्पतालबाट बाहिर निकाल्न लाग्दा स्थानीय महिलाहरुले अवरोध गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । अस्पताल भित्र र बाहिर प्रहरीले गरेको लाठी चार्ज पछि जुम्लाको अवस्था तनाव ग्रस्त बनेको छ ।
डा केसीसँगको वार्तामा सहमति भएको खण्डमा भने सरकारले आजै सेनाको हेलिकप्टर मार्फत केही बेरमा डा केसीलाई काठमाडौँ लैजान तयारी गरेको जनाइएको छ ।