नेपालगन्ज भन्सारबाट लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व उठ्यो

1439
views

नेपालगन्ज । बाँकेको नेपालगन्ज भन्सार कार्यालयले आर्थिक बर्ष २०७४ र ०७५ मा लक्ष्यभन्दा झण्डै दुई अर्ब बढी राजस्व संकलन गरेको छ । सरकारले नेपालगन्ज भन्सारलाई आर्थिक बर्ष २०७४÷०७५ मा दिएको लक्ष्य भन्दा २ अर्ब रुपैयाँ बढी राजस्व उठाएको हो । लक्ष्यभन्दा झण्डै २३ प्रतिशत बढी राजस्व संकलन गरिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०७४ र ०७५ मा नेपालगन्ज भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयलाई सरकारले उक्त आर्थिक बर्षमा आठ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, भन्सार कार्यालयले २३ प्रतिशत बढी राजस्व संकलन गरेको छ  ।

नेपालगन्ज भन्सार कार्यालयका सुचना अधिकारी सुभाष श्रेष्ठले एक अर्ब ८९ करोड ५७ लाख ८४ हजार बढी राजस्व संकलन गर्न सफल भएको बताए । कार्यालयले आर्थिक वर्ष ०७३÷७४ को भन्दा तीन अर्ब ६ करोड ४९ लाख बढी राजश्व संकलन गरेको हो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार पेट्रोलियम पदार्थबाट ९९ करोड २६ लाख १८ हजार रुपैया, ‘पेट्रोलियम ग्यास आयातबाट ३४ करोड ९९ लाख रुपैयाँ’ राजस्व संकलन भएकोे छ । चिनीलगायत चामल, पिठोबाट राजस्व संकलन १७ करोड २१ लाख ६६ हजार र तीनपांग्रे अटो रिक्साबाट १३ करोड ५७ लाख ११ हजार तथा टायर र रबरबाट १३ करोड ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

सबैभन्दा राजश्व बढी नेपाल आयल निगमले आपूर्ती गर्ने पेट्रोलियम पदार्थको रहेको छ । कार्यालयका सुचना अधिकारी श्रेष्ठका अनुसार कुल राजस्वको ठूलो हिस्सा प्रेट्रोलियम पदार्थले ओगटेको छ । पेट्रोलियम पदार्थपछि सिमेन्ट आयातबाट एक अर्ब ५३ करोड ४७ लाख चार हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयले एक वर्षको अवधिमा चार अर्ब ६५ करोड ९७ लाख ९७ हजार रुपैयाँ उठाएको छ  । उसले अन्तःशुल्क करतर्फ १८ करोड ३२ लाख ९३ हजार र ४५ करोड २७ लाख आठ हजार रुपैयाँ सडक सुधार दस्तुर संकलन गरेको छ ।

समय समयमा नेपालगन्ज भन्सार कार्यालयबाट बिना भन्सार गाडी नै पास भएको र कम मुल्याकन हुने गरेको सार्वजनिक हुने गरेको छ । सुरक्षाकर्मीहरुले नेपालगन्जबाट ट्रक नियन्त्रणमा लिएपछि बिना भन्सार गाडि नेपाल भित्र्याइएको खुलासा हुने गर्छ ।

आर्थिक बर्ष २०७५र०७६ को लागि नेपालगन्ज भन्सार कार्यालयलाई अर्थ मन्त्रालयले १२ अर्ब राजश्व संकलन गर्ने लक्ष्य दिएको छ । मन्त्रालयले दिएको लक्ष्यभन्दा बढी राजस्व संकलन भएकोमा रमाउनुभन्दा पनि चोरी पैठारी रोक्दै कुनै लोभ लालसमा नपरेर अझ् धेरै राजस्व संकलन गर्न जरुरी छ ।