३७ औं विपी स्मृति दिवसको अवसरमा सरसफाइ कार्यक्रम

833
views

अजय पौडेल नवलपुर साउन–७ बर्षौदेखि उठ्न नसकेको कावासोती बजारको फोहर आईतबार नेपाली काँग्रेसले उठाएको छ। काँग्रेस नेता स्व विपी कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा कावासोतीको फोहर उठाईएको नेपाली काँग्रेस कावासोती २ का वडा सभापति रूद्रलाल कंडेलले जानकारी दिए।

फोहर ब्यबस्थापनमा यस अघि नगरपालिकाले अनेकौं प्रयास गर्दा पनि सकेको थिएन। विपी स्मृति दिवसको अवसरमा फोहर उठाईएको भएतापनि यो क्रम निरन्तर जारि रहने उनले बताए । अब कावासोतीको फोहर काँग्रेसले नै बढार्छ अरू कसैले सक्दैन उनले थपे । नगरपालिकामा रहेको अनेकौं बेथितिप्रति उनले संकेत गरे।
फोहर उठाउन नसक्ने नगरपालिकाले जनताको ढाड सेक्नेगरि कर असुलेको, विकास निर्माणको काम र ठेकेदारसंग कमिशन लिने गरेको, काल्पनिक योजना बनाएर लाखौं भुक्तानी दिएको सर्वसाधारणको आरोप छ ।
मापदण्ड र प्रकृया पुरा नगरि कर्मचारी भर्ना गरेको, अनावश्यक जिन्सी सामान खरिद गरि नगरपालिकालाई आर्थिकभार पारेको, शिक्षकहरूप्रती दुर्व्यवहार गरेको र भुक्तानी दिनुपर्ने योजना कमिशन नपाएपछि प्रशासकिय प्रमुख रोशन ज्ञवालीले रोकेर दुख दिने गरेको जनआक्रोश पनि छ।
कावासोती नगरपालिकाको निति तथा कार्यक्रम पकेटका मान्छे हेरेर बनाईएको, बिज्ञ समूहसँग परामर्श नगरिएको, कमिशन हातलाग्ने योजना बनाउँदा कतिपय क्षेत्र बजेट बिहिन भएको वडाबासीको गुनासो छ।
नगरपालिकाले अनधिकृत ब्यक्ति बिषेशलाई सवारीसाधन उपलब्ध गराएको, प्रदेशस्तरका कार्यक्रममा समेत सरोकार नभएका ब्यक्ति लैजाने र तिनिहरूको खर्च पनि ब्यहोर्ने गरेको,पदिय हिसाबले आफू मुनिका कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा दुर्व्यवहार हुने गरेको जस्ता गंभिर आरोप कर्मचारीहरूलेनै ज्ञवालीलाई लगाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतबाटनै नगरपालिका प्रदुषित भएकाले नगरपालिका भित्रै सफाईको आवश्यक्ता परेको नेकपाकै कार्यकर्ताले औंल्याएका छन् ।
स्थायी सरकारको रूपमा रहेका प्रशासकीय अधिकृतले कतिपय सवालमा प्रमुखलाई समेत गलत सल्लाह दिएर हाउगुजी देखाउने गरेको नगर कार्यपालिकाको सदस्यहरूले उल्लेख गरेका छन् ।
नगरमा बाहिरी फोहर र भित्री फोहर थुप्रिदै जानेहो भने यसले समग्र कावासोतीको विकासलाईनै दशकौं पछि धकेल्ने भएका कारण यस्ता फोहर तत्काल हटाउनुपर्ने नगरबासीको जोड रहेको छ।