सेनाको आकस्मिक बैठक बस्यो किन ?

674
views

काठमाडौं, १८, बैशाख । सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राती बसेको नेपाली सेनाको आकस्मिक बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालेको छ । वर्तमान परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको समीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको नेतृत्वमा बलाधिकृत रथी र बलाध्यक्ष रथी सहित सबै महानिर्देशनालय प्रमुख सहितको बैठकमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सम्भावित सुरक्षा चुनौती सामनाका लागि तयारी अवस्थामा रहन निर्देशन भएको बैठकमा सहभागी एक उपरथीले बताए । उनका अनुसार तराईका जिल्ला साथै पहाडी र हिमाली भेगमा समेत राजनीतिक आवरणमा विध्वंशका गतिविधि हुन सक्ने विषयमा बैठकमा छलफल भएको हो । उनले भने, अवस्था देश र जनताको अहितमा रहे सामनका लागि तयार रहन प्रधानसेनापतिबाट निर्देशन भएको हो ।