गुल्मीमा जिल्ला विपद प्रतिकार्य समूह तालिम सुरु

1045
views

गुल्मी, ८ साउन । गुल्मीमा जिल्ला विपद प्रतिकार्य समूह तालिम सुरु गरिएको छ । जिल्लामा विपदको समयमा तत्काल व्यबस्थित रुपमा खोज, उद्धार तथा राहत कार्य गर्न सकियोस भन्ने अभिप्रायले स्थानीय सरकार र सरोकारवाला कार्यालयहरुको सहभागितामा सो तालिम सञ्चालन गरिएको हो ।

साउन १२ गते सम्म (६ दिनसम्म) सञ्चालन हुने उक्त तालिममा जिल्लाका १२ स्थानीय तहका प्रतिनिधि, उद्योग बाणिज्य संधका प्रतिनिधि, नेपाल प्रहरी ,नेपाल आर्मी, शसस्त्र प्रहरी बल तथा रेडक्रसका स्वयंसेवक गरी २४ जनाको सहभागिता रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखाका सभापति श्री अनुप कुमार श्रेष्ठको सभापतित्वमा आजै विहान सम्पन्न उदघाटन समारोहमा जिल्ला विपद व्यबस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले तालिमको शुभारम्भ गरेका थिए ।

नेपाल रेडक्रसद्धारा सञ्चालित विपद उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रम अन्तरगत सो तालिम सञ्चालन गरिएको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।

उक्त तालिमको प्रशिक्षणका लागि नेपाल रेडक्रस सोसाइटीको तर्फबाट महेशचन्द्र गौतमको नेतृत्वमा प्रशिक्षक टोली खटाइएको छ । सो टोलीमा अन्जन आचार्य, उत्तम शर्मा , डिवि पछाई र कृष्ण खनाल रहेका छन् ।