कानून मन्त्री तामाङले रुँदै राजिनामा दिए

1111
views

काठमाडौं, ८ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजिनामा दिएका छन् ।

राजिनामा घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली, सिन्धुपाल्चोकका मतदाता र नेपाली जनतालाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

उनले भने,‘धमिलो पानीमा माछा मारेर सरकारलाई असफल बनाउने षड्यन्त्रको प्रयासलाइै असफल तुल्याउन राजिनामा दिएको हुँ ।’

श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलनमा उपस्थित भएका सुरूमा उनले आफूले पदभार सम्हालेपछि गरेका कामहरूको बारे चर्चा गरेका थिए । उनी पत्रकार सम्मेलनमा केही बेर बोल्न सकेनन् र आशु पुछिरहेको दृश्यले सबैलाई भावुक बनाएको थियो ।

बंगलादेशमा पढ्न जाने नेपाली छात्राहरुबारे विवादित अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भएको थियो ।