नयाँ शक्तिको आन्तरिक रहष्य बाहिरिदै, युवा उम्मेदवारीले ठुला दललाई धक्का

628
views

शुसिल भुजेल
पर्वत, १६, बैशाख । चुनावको मिति साँघुरिदै जाँदा कुश्मा नगरपालिकामा नयाँशक्ति निर्णायक बनेको छ । पर्वतको कुश्मानगरपालिकामा नयाँ शक्तिको युवा टिमले मेयर र उपमेयरको उम्मेदवारी घोषणा गरेपछि नयाँ शक्ति निर्णय कबनेको हो ।
नयाँ शक्ति नेपालको मेयर पदमा सुनिल पौडेल र शान्ति पिसी थापाले उप–मेयरमा उम्मेदवारी दिएपछि ठुला दलका लागि नयाँ शक्तिको मत निर्णायक बनेको उम्मेदवारद्वले दाबी गरेका छन् । दुवै युवा उम्मेदवारले नगरपालिकाको आर्थिक विकास र समृद्धिको एजेण्डा सहित प्रस्तुत भएपछि काँग्रेस एमालेलाई ठुलो धक्का पुग्ने बताएका छन् ।
नयाँशक्ति युवाहरुमाझ लोकप्रिय बन्दै गएकाले युवाहरुको मत पर्ने बलियो सम्भावना रहेको बताईएको छ । मेयरका उम्मेदवार सुनिल पौडेल नयाँशक्तिको विद्यार्थीका केन्द्रिय सदस्य हुन्, भने, उपमेयरको उम्मेदवार शान्ति पिसी महिला शक्ति नेपाल पर्वतकी जिल्ला कार्यसमिती सदस्य हुन् । पछिल्लो चरणमा नयाँशक्तिकोे चुनाव चिन्ह हातले समातेको मसाल रहेको छ ।