तामाङ सोसाइटी अफ एन–एस–डब्ल्यू सिड्नीको अध्यक्षमा तामाङ

1018
views

सिड्नी । तामाङ सोसाइटी एन–एस–डब्ल्यू सिड्नीको अध्यक्षमा सुनदोर्जे तामाङ चयन भएका छन् । सिडनीको ओवनमा सम्पन्न दशौं वार्षिक साधारणसभा मार्फत सुनदोर्जे चयन भएका हुन् ।

१० वर्ष देखी अस्ट्रेलियाको सिडनीमा तामाङ एकता, सस्कृति, भेषभुषा संवद्र्धन र प्रवद्र्धन गर्दै आएको समाजको साधारणसभामा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका वरिष्ठ सल्लाहकार अरुण तामाङले कार्यक्रमको प्रमुख संयोजन गरेका थिए ।

संस्थाका निवर्तमान महासचिव किशोर तामाङले संस्थाले विगतमा गरेका सांस्कृतिक कार्यक्रम, आर्थिक सहयोग कार्यक्रम, पिकनिक–बर्बेक्यु लगायतका भेटघाट कार्यक्रम, विभिन्न संयोजन कार्यक्रम लगायतका कार्यक्रमहरू बारे जानकारी गराउनु गराएका थिए ।

संस्थाले कार्यसमितिलाई थप विस्तार गर्दै अध्यक्षमा सुन दोर्जे तामाङ, उपाध्यक्षमा सरस्वतीतामाङ, किशोर तामाङ र अनिल तामाङ, महासचिवमा अविरल तामाङ, सचिवमा विशाल तामाङ, कोषाध्यक्षमा अनिल तामाङ, सह–कोषाध्यक्षमा प्रवीण तामाङ, सांस्कृतिक संयोजकमा कमल तामाङ र रश्मि तामाङ र युवा संयोजकमा योजन्जी तामाङलाई सर्वसम्मतले निर्वाचित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष सुन दोर्जे तामाङले संस्थालाई नयाँ गति र नयाँ कार्यक्रमहरूका साथ सिडनीमा रहनु भएका सबै तामाङहरूलाई समावेश गर्न सकिने किसिमले अगाडि बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे ।

तामाङ सोसाइटी एन–एस–डब्ल्यू सिड्नीले विगत १० वर्ष देखी सिडनीमाहरेक वर्ष बृहत ल्होछार कार्यक्रमको आयोजना गर्ने, विभिन्न तामाङ सम्बन्धि संरक्षण र प्रबर्धनका कार्यक्रमहरू गर्ने, सम्मान तथा नयाँ विद्यार्थीहरूलाई सूचना प्रदान गर्ने, विभिन्न सहयोग गर्ने लगायतका प्रवासमा तामाङ हितको कार्य गर्दै आएको छ ।