चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसी पनि समेटिनुपर्छ समेटौं– अधिकारी

556
views

काठमाडौं १३, साउन । नेकपाका नेता खगराज अधिकारीले चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसीलाई पनि समेट्दा पूर्ण हुने बताएका छन् ।

संसदमा चिकित्सा शिक्षा विधेयकमाथीको छलफलमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले एलोपेथिक र आयुर्वेदलाई पनि समेट्न सक्नुपर्ने धारणा व्यक्त गरेका हुुन् ।

नेपालमा अन्तराष्ट्रिय स्तरको स्कील ल्याव बनाउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

चिकित्सा सेवा प्रदायक संस्थाको नियमनबारे विधेयकले धेरै कुरा अघि बढाएको उनले बताए । चिकित्सा शिक्षामा रहेको निजिकरणको विकृत पहाडलाई विधेयकले डिपार्चर सुरु गरेको अधिकारीले बताए ।