यसरी खनिए बाबुराम भट्टराई, माओवादी, एमाले र कांग्रेसमाथि

639
views

काठमाडौं, १८, बैशाख ।  बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले स्थानीय तह निर्वाचनका लागि आफनो घोषणापत्र सार्वजनिक गरेको छ । सो पार्टीका संयोजक भट्टराईले सोमबार काठमाडौमा सार्वजनिक गर्नु भएको घोषणापत्रमा माओवादी केन्द्रलाई षडयन्त्रकारी,एमालेलाई सामाजिक फासीवादी र काँग्रेस अकर्मण्यतावादी रहेको बिश्लेषण गरिएको छ । आफनो आँखा चुनाव चिन्ह नपाएपछि सो पार्टीले संघीय समाजवादी फोरमसँग गठबन्धन बनाइ मशाल चिन्हमा चुनावमा सहभागी निर्णय गरेको थियो ।