पन्तका हत्यारालाई कडा कारबाही गर्न महिला संगठनहरुको माग

761
views

काठमाडौं । बलात्कार गरी हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न महिला संगठनहरुले माग गरेका छन् । आइतवार अखिल नेपाल महिला संघ ९क्रान्तिकारी०की अध्यक्ष लक्ष्मी मुडभरी, महिला शक्ति महासंघ नेपालकी संयोजक मनु हुमागाई, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन र अखिल नेपाल प्रगतिशिल महिला संघकी उपाध्यक्ष जनक चालिसेले संयुक्त रुपमा हस्ताक्षर गरिएको एक विज्ञप्ति मार्फत् उक्त माग गरिएको हो ।

वक्तव्यमा भनिएको छ, “कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं। १८ की १३ वर्षिया बालिका निर्मला पन्तको बलत्कार गरी हत्या गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको हामी घोर भत्र्सना गर्दछौं । उक्त घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौं । पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दछौं ।”

विज्ञप्तिको सुरुमा भनिएको छ, “देशमा दुई तिहाई बहुमतको सरकार बनेको छ, तर नेपाली जनताले त्यसको कुनै महसुस गर्न सकेका छैनन् । सरकारले सामाजिक सुरक्षा दिन सकेको छैन । महिलामाथि हत्या हिंसाका घटनाहरु दिनानुदिन बढिरहेका छन् तर सरकार यस विषयमा गम्भीर बन्न सकेको छैन । हिंसामा संलग्न दोषीलाई कडा कारबाही गरी पुनः यस खालका घटना हुन नदिनका लागि ठोस कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।”

महिला संगठनहरुले आइतवार बसेको संयुक्त वैठकमा तीन बुँदे निर्णय पनि गरेका छन् । निर्णयको पहिलो बुँदामा यो घटना र देशभर भइरहेका महिला हिंसा र ज्यादतीका कुराहरुलाई लिएर गृहमन्त्रीलाई एक ज्ञापन पत्र दिने भनिएको छ । दोस्रो बुँदामा, यसबारे बक्तव्य जार िगर्ने र पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको छ । त्यसै गरी तेस्रो बुँदामा अन्तरक्रिया कार्यक्रम गर्ने भनिएको छ ।

नेपालमा भएको भनिएको सामाजिक असुरक्षामा सबैभन्दा बढी महिलामाथि हुने गरेको छ । यसका साथै महिला हिंसा, महिला सशक्तिकरण, सामाजिक जनचेतना आदिका कार्यक्रमहरु पनि नेपालमा त्यति हुने गरेका छैनन् ।

यसका साथै जति पनि शासन व्यवस्था फेरिएको र देशमा परिवर्तन आएको भनिए पनि महिलाको देशको शानसत्तामा हुनु पर्ने जम्मा ३३ प्रतिशत सहभागिता पनि सत्ताधारी दलहरुले समेत् गराउन सकिरहेका छैनन् ।