अस्तित्व धान्न साना दललाई सकस

663
views

पर्वत, १८, बैशाख । देशैभर साना दललाई अस्तित्व धान्नका लागि उम्मेदवारको सकस परेको छ । चर्चामा आएका तर उम्मेदवारीको सकस भोगिरहेका नयाँ शक्ति नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), राप्रपा नेपाल, जनमुक्ति पार्टी, नेपाल परिवार दल, राष्ट्रिय अखण्ड पार्टी लगायतका एकसय भन्दा बढी साना दलहरुलाई नगरपालिका, गाउँपालिका र वडा अध्यक्ष, सदस्यका उम्मेदवार चयन गर्न हम्मेहम्मे परेको हो ।

साँघुरिदै गरेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुन चाहेका साना दलले प्रत्येक वडामा उम्मेवार खडा गर्न नसक्ने स्थिति देखा परेपछि संकटा लागेको हो । तर, साना दलले भने जसरी पनि उम्मेदवार खडा गर्ने गरी गृहकार्य थालेको बताउँदै आएका छन् । मुख्य त विचार जोगाउ र भ्रष्ट दलहरुको विरोध भन्दै आएका दलहरुले उम्मेदवारको सकस परेपनि चुनावलाई भण्डाफोरको नीतिको उपयोग भनेका छन् ।

एकता गर्न विचार नमिल्ने, उम्मेदवारको पनि सकस भोग्दै आएका साना दलहरुले कतीपय जिल्लामा विचार मिल्नेसँग एकता गरेका छन् भने कतीपय जिल्लामा सकसका बीच उम्मेदवार खडा गरेका छन् । साना दलका लागि स्थानीय तहको निर्वाचनमा पदपूर्ति गरेजस्तै भएको छ । साना दलहरुलाई उम्मेदवार खाेज्नुपर्ने भएकाेले अस्तित्व धान्न संकट परेकाे विश्लेषकहरुको भनाई छ ।