रसुवामा कन्टेनर दुर्घटना, ३ को मृत्यु, १ गम्भीर घाइते

351
views

रसुवा, १५ साउन । रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा कन्टेनर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

धुन्चेबाट रसुवागढीतर्फ जाँदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेर दुर्घटनामा परेको थियो । मृतकको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । घटनास्थलतर्फ मेडिकल टोली खटाइएको छ ।