प्रेस चौतारी र सेन्टर मर्ज हुँदा ‘प्रेस संगठन नेपाल’ बन्ने

764
views

काठमाडौं । तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टर मर्ज गरी प्रेस संगठन नेपाल बन्ने भएको छ । संगठन एकता कार्यदलको मंगलबारको बैठकले संगठनको नाम र केन्द्रीय सदस्यहरुको संख्या लगायतका विषयको टुंगो लगाएको हो ।

प्रेस संगठनमा २ सय २५ केन्द्रीय सदस्य रहने तय भएको छ । प्रदेशहरुमा भने १ सय २५ सदस्यीय प्रदेश समिति बन्ने छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि देशभरका तल्ला संगठन र जनबर्गिय संगठनको एकताको प्रकृया चलिरहेको छ ।

सोही क्रममा पत्रकारहरुको संगठनको एकताका लागि गठित कार्यदलले अबको एक साताभित्र एकतासँग सम्बन्धित सवै विषयको टुंगो लगाएर बुझाउने कार्यदलका एक सदस्यले जानकारी दिए ।

प्रेस संगठनको नेतृत्वको भने टुंगो लागिसकेको छैन । संगठन एकता कार्यदल र पार्टी नेतृत्वसँगको समेत समन्वयमा संगठनको नेतृत्वबारे टुंगो लगाउने तयारी छ ।