‘रेलको टिकट’ ले सरस्वती र सुदीपको हंगामा (भिडियो)

1937
views

पर्वत, १६ साउन । गायिका सरस्वती लामिछाने र सुदीप क्षेत्रीको स्वर रहेको लोक दोहोरी गीत ‘रेलको टिकट’को म्युजिक भिडियो सार्वजनिक भएको केही समयमै लोकप्रिय बनेको छ ।

स–साना बालबच्चादेखि वृद्ध सम्मले उक्त गित गुनगुनाउने गरेका छन् । गाउँले परिवेशमा माया प्रेममा आधारित रहेको यस गीतको घाँस दाउरा, मेलापात गर्दा गर्दै विछोडिनु पर्ने यथार्थलाई उठाइएकोले बजारमा भन्दा गाउँमा हंगामै मच्याउन सफल भएको छ । प्रेमी विदेशिएपछि प्रेमी प्रेमिका दुवैमा हुने विछोडको पीडालाई यस गीतमा प्रस्तुत गरिएकोले विदेमा रहेका परिवारले त बढी सुन्ने गरेका छन् ।

सुदीप क्षेत्रीकै लय र शब्द रहेको यस गीतको एरेन्ज तारानाथ आचार्यले तयार गरेका हुन् । गीतको म्युजिक भिडियोमा राजेश गिरी र बिमला बिसीले अभिनय गरेका छन्।

डिजिटल स्टार पोखराले उत्पादन र वितरण गरेको यस भिडियोको छायांकन, सम्पादन र निर्देशन रमेश रसाइलीले गरेका हुन् ।