नेपालका लागि ऐतिहासिक एकदिवसिय क्रिकेट, सन्दिपले लिए विकेट

670
views

काठमाडौं –नेपाल आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय क्रिकेट प्रतियोगिता नेदरल्याण्ड्सविरूद्ध अम्स्टइलेभेनस्थित भिआरए क्रिकेट मैदानमा खेलिरहेको छ । जारी क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सको तेस्रो विकेट लिएको छ ।

नेपालका लागि तेस्रो विकेट युवा लेग स्पिनर सन्दिप लामिछानेले लिदै १२.२ ओभरमा नेदरल्याण्ड्सका स्टेफन माइवर्गलाई बोल्ड आउट गराएका छन् । माइवर्ग ३२ बलमा ४ चौंका र १ छक्काको मद्दतमा २९ रन जोड्दै आउट भएका हुन् ।

ताजा अवस्थामा नेदरल्याण्ड्सले १४ ओभरमा ३ विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ । यसअघि पहिलो विकेटका रुपमा सोमपाल कामीले डेनीयल ब्रेकलाई १ रनमा बोल्ड आउट गरेका थिए। त्यस्तै दोस्रो विकेटका रुपमा कप्तान पारस खड्काले बे्रन कुपरलाई एलबिडब्लु आउट गराएका थिए ।

नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा भइरहेको खेलमा नेपालले टस हारेपछि पहिला बलिङ गरेको हो ।