जोशीलाई प्रधानन्यायाधीश बनाउन राप्रपा प्रजातान्त्रिक अध्यक्षको माग

587
views

काठमाडौ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधिश बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारसँग माग गरेका छन् ।

माईतीघर मण्डलामा बुधवार सरकारको विरोधमा पार्टीद्वारा आयोजित कार्यक्रममा उनले सरकारले संसदीय सुनुवाई समितिमार्फत प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको प्रस्ताव अस्विकार गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी दिए ।

कार्यक्रममा राप्रपा (प्रजातान्त्रिक) का नेता, कार्यकर्ताले सरकारविरुद्ध चर्काे नाराबाजी गरेका थिए । सरकारले जनविरोधि कदम तत्काल नसच्याए कडा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी उनीहरुले दिएका थिए ।