नेदरल्याण्ड विरुद्धको खेलमा नेपाललाई १ सय ९० रनको लक्ष्य

610
views

काठमाडौं । एकदिवसीय मान्यतापछि पहिलो पटक नेदरल्याण्डसँग भिडिरहेको नेपालले जितका लागि १ सय ९० रनको लक्ष्य पाएको छ ।

उसकै क्रिकेट मैदान एम्सटेल्भिनमा सम्पन्न पहिलो इनिङमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ९० रनमा समेटियो। नेदरल्याण्डलाई मध्ययम योगफलमा रोक्ने क्रममा कप्तान पारस खड्काले ४ तथा सोमपाल कामीले ३ विकेट लिए ।

उत्कृष्ट बलिङ प्रदर्शन गरेका खड्काले १० ओभर बलिङ गर्दै २६ रन दिएर ४ विकेट लिए। यस्तै कामीले ८ दशमलव ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ३ विकेट लिए भने नेपालकालागि सन्दीप लामिछाने, बसन्त रेग्मी तथा करन केसीले एकएक विकेट हातपारे ।

नेदरल्याण्डकालागि माइकल रिप्पनले सर्वा्धिक ५१ रन बनाउँदा बस डी लिडीले ३० रन बनाए ।