कक्षा १२ को नतिजा प्रकाशित

888
views

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माले नतिजा प्रकाशित भएको र सर्भरमा अपलोड भइरहेको जानकारी दिए। ‘बैठक सकियो। नतिजा प्रकाशनको निर्णय भयो। सर्भरमा अपलोड भइरहेको छ। केहीबेरमा सबैले नतिजा हेर्न सक्नुहुन्छ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट लगयतका वेबसाइटमा हेर्न सकिन्छ। १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ।

सबै संकायमा गरेर १२ को नियमित परीक्षामा दुई लाख ९९ हजार ६७५ जना उत्तीर्ण भएका छन्। आंशिक परीक्षातर्फ एक लाख १७ हजार ४१४ जना उत्तीर्ण भएका छन्।