जोशीले राजीनामा नदिए संसदीय समितिबाटै आउट हुने

709
views

काठमाडौ, १७, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

बुधबार बालुवाटारमा भएको भेटमा ओलीले शैक्षिक योग्यताको प्रमाण पत्रलगायतका विषयमा विवादमा मुछिएकाले राजीनामा दिएर सुरक्षित अवतरण खोज्न सुझाएका हुन् ।

ओलीले जोशीले राजीनामा नदिए संसदीय सुनुवाई समितिमा रहेका नेकपा र सत्तारुढ दल संघीय समाजवादी फोरमका सांसदलाई जोशीको नाम अस्वीकार गर्न निर्देशन दिइसकेको बताइएको छ ।