दुईलाख बढी उपभोक्ताले गरे अनलाइनमार्फत विद्युतीय महसुल भुक्तानी

710
views

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल तिर्न ‘अनलाइन पेमेन्ट’ प्रणाली सुरु गरेपछि अनलाइनमार्फत विद्युतीय महसुल तिर्ने उपभोक्ताहरुको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भएको छ ।

प्राधिकरणका अनुसार अहिले केन्द्रीय प्रणालीबाट विद्युत उपभोग गर्ने ग्राहकको संख्या मुलुकभर ३५ लाख बढी छ । प्राधिकरण वितरण तथा ग्राहक निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले प्राधिकरणले अनलाइन सेवा शुरु गरेपछि करिब साढे २ लाखले अनलाइनबाट भुक्तानी गर्ने गरेको बताए ।

प्राधिकरणले मुलुकभरका १ सय ६८ महसुल संकलन काउन्टरमध्ये १ सय २५ वटा अनलाइन प्रणालीमा संचालन गरेको छ । उपकार्यकारी निर्देशक न्यौपानेले १ सय ४६ काउन्टरमा कम्प्युटर प्रणाली जडान गरिएको र अहिले अनलाइनबाट मासिक ४० करोड रुपैयाँ महसुल संकलन भइरहेको बताए ।