संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाबारे छानबिन गर्न समिति गठन

676
views

काठमाडौं, १७ साउन । संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाबारे छानबिन गर्न समिति गठन भएको छ । संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले स्वीकृति नलिइ विदेश जान लागेको र उनीमाथि परेका विभिन्न आर्थिक अनियमितताका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न चार सदस्यीय समिति गठन गरेको हो ।

प्रा.डा राममान श्रेष्ठको संयोजकत्वमा बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेको हो । समितिमा प्रा.डा लक्ष्मीप्रसाद मैनाली, नेपाल ल क्याम्पस, डा विकास अधिकारी, विश्वविद्यालय अनुदान आयोग र देवकुमारी गुरागाईं, सहसचिव सदस्य रहेका मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले जानकारी दिए ।

गत असार २३ गते १७औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्रालयबाट बिदा स्वीकृत नगराइएको पाइएपछि उपकुलपति कोइरालालाई त्रिभुवन अन्तराष्ट्रिय अन्तराष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो ।

विश्वविद्यालयअन्तर्गत १४ विद्यापीठमध्ये १३ वटामा प्राचार्य र अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक आफूखुसी नियुक्त गरेको तथा संस्कृत सम्मेलनमा सहभागी हुन गएका अन्य ६ जना व्यक्ति गैरसंस्कृतविद् भएको ती संगठनले जनाएका थिए । रासस