९५ जना डिएसपीको सरुवा, पर्वतमा भुवनेश्वर तिवारी

846
views

पर्वत । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार ९५ जनाको सरूवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले पर्वतका लागि डिएसपी भुवनेश्वर तिवारीलाई सरुवा गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय दाङ्गबाट पर्वतमा सरुवा गरिएको हो ।

सरुवामा पर्वतमा कार्यरत डिएसपी दिलिप घिमिरे भने प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा सरुवा भएका छन ।