राष्ट्रियसभा अध्यक्ष तिमिल्सीना बाढी पहिरो प्रभावित क्षेत्र जलजलामा

1229
views

साउन १८ गते । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले दुई साताअघि बाढी पहिरोको चपेटामा परेको पर्वतको उत्तरी जलजला गाउँपालिकामा स्थलगत निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले बाढी र पहिरो पीडित परिवारलाई राहत वितरण गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सीनाले बाढी पहिरोमा परेको जलजला गाउँपलिका वडा नं ७ र ८ मा पर्ने लस्तीमा पुगेर शुक्रबार बिहान गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी र राजनीतिक दलका प्रतिनिधि सहभागि कार्यक्रममा पीडित परिवारलाई राहत वितरण गर्नुभएको हो ।

‘सबै बिभागीय मन्त्री र सरोकारवालाई पीडितलाई आवास र भत्किएको तटबन्ध बनाउनका लागि ध्यानाकर्षण गराएको छु’ उहाँले भन्नुभयो ‘स्थानिय स्तरमा गरिएको स्टिमेटका आधारमा छिट्टै रकम बिनियोजन हुने बिश्वास छ’ जिल्ला बिपद् ब्यबस्थापन समितिको बैठकले लस्ती खोला नियन्त्रणका लागि ३ करोड ५० लाख, पहिरोले क्षति पु¥याएको लस्ती फर्से सिंचाई लगायतका सिंचाई योजना मर्मतका लागि ३१ लाख १८ हजार र खानेपानी प्रणालीमा पुगेको क्षति मर्मतका लागि ८ लाख ५० हजार रुपैयाँ माग गर्ने निर्णय गरेको थियो ।

तिमिल्सीनाले बाढी पहिरो पीडित १८ घरपरिवारहरुलाई नगद ५ हजार र खाद्यान्न सामाग्री राहत स्वरुप बितरण गुर्नभएको थियो । कार्यक्रममा जलजला ८ का अध्यक्ष विकास जिसी र ७ का कार्यवाहक अध्यक्ष पूर्ण वहादुर नेपालीले वाढी पहिरोले पु¥याएको क्षतिका वारेमा अध्यक्ष तिमिल्सीनालाई जानकारी गराएका थिए ।